OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०७८सुर्खेत
१७२८ पटक

 ६ असार २०७८, आईतबार

कर्णाली प्रदेशका प्रमुख गोविन्द्रपासाद कलौनीले नेपाल सरकारका पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख कलौनीले आज एक भावपूर्ण श्रद्धाञ्जली जारी गर्दै भन्नुभएको छ, “पञ्चपुरी नगरपालिका ११ सुर्खेत कुइने निवासी समाजसेवी तथा पूर्व संविधानभसा सदस्यसमेत भईसक्नुभएका विष्टको उपचारको क्रममा काठमाडौंमा आज बिहान भएको निधनले स्तब्ध बनाएको छ ।”

उहाँले यस शोकको घडीमा स्वर्गीय विष्टको मृत आत्माको चीरशान्तिको कामनाका साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्