OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली राजमार्ग जुम्ला खण्ड सुचारु

बाटाे खुलाउन प्रजिअ सहित सुरक्षा प्रमुखहरू पनि सड्कमा

कोरपाटी संवाददाताआषाढ ४, २०७८जुम्ला,
९२८ पटक

२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले दिनभर लगाएर बाटो खुलाएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार बाटो खुलाईएको छ । सडक अवरूद्द भएपछि प्रजिअ थापा, जिल्ला समन्वय उपप्रमुख कार्मा बुढा सहित सुरक्षा निकाय प्रमुखहरू अवरूद्द सडक खोल्न खटिएका थिए । दिनभर लगाएर ढुंगा फोरेर बाटो खुलाईएको प्रजिअ थापाले जानकारी दिनुभयो ।
तस्विर सौजन्य : प्रजिअ भुपेन्द्र थापाबाट

 

प्रतिकृया दिनुहोस्