OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली राजमार्ग जुम्ला खण्ड सुचारु

बाटाे खुलाउन प्रजिअ सहित सुरक्षा प्रमुखहरू पनि सड्कमा

कोरपाटी संवाददाताआषाढ ४, २०७८जुम्ला,
१२६४ पटक

२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले दिनभर लगाएर बाटो खुलाएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार बाटो खुलाईएको छ । सडक अवरूद्द भएपछि प्रजिअ थापा, जिल्ला समन्वय उपप्रमुख कार्मा बुढा सहित सुरक्षा निकाय प्रमुखहरू अवरूद्द सडक खोल्न खटिएका थिए । दिनभर लगाएर ढुंगा फोरेर बाटो खुलाईएको प्रजिअ थापाले जानकारी दिनुभयो ।
तस्विर सौजन्य : प्रजिअ भुपेन्द्र थापाबाट

 

प्रतिकृया दिनुहोस्