OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८जुम्ला,
१२७८ पटक

असार ४ गते । भारी बर्षा सँगैको पहिरोका कारण हिमा गाउँपालिकाको महावैपाथरखोलाका दुई गाउँ भित्रै पहिरो आउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिकाको वडा नम्बर छ को खलढुंगा गाउँ र डाँडाबाडा अर्को एक गाउँका १६ घरको तलमाथी पहिरो गएकोले जोखिम अवस्थामा रहेका छन् । जाखिम भएकाले १६ घरका ११७ जनालाई अन्य आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ । पहिरोले घरहरु समेत भत्किन थालेका छन् ।

ढुंगा खस्ने डरले त्रास :
स्थानीय सूर्य अधिकारीका अनुसार गाउँ भित्रै वारी र घरहरु भत्किन थालेपछि मानिसहरु बिस्थापित भएका छन् ।
यसैगरी बस्तिमाथीका ठूला ढुंगाहरुले ठाउँ छाड्ने जस्तो भईरहेकाले त्रास फैलिएको हो । सो गाउँमा रहेका २२ घर परिवार विहिवार देखी राति सुत्न नसकेका अधिकारीले जानकारी दिनुभयो ।
सो बस्ति एक बर्ष अगाबै जिल्लाका ४ जोखिम बस्ति मध्य सुरक्षित स्थानमा सानुपर्ने मध्यको एक हो तर अहिले सम्म कार्यान्वयन हुन सकेको छ्रन् । कुनैवेला ठूलै पहिराे आएर समस्या हुन सक्ने डर भएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बस्तिबाट मानिस सुरक्षित गरिसकिएको छ । तर बस्ति जोखिम भएकाले दिर्घकालिन रुपमा सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यक छ । अध्यक्ष शाहीका अनुसार एक बर्ष अघि जिल्ला विपत व्यवस्थापन समितिले निर्णय गरेर सघन सहरी संघीय आयोजनाबाट केन्द्रमा पठाईएको समेत बताउनुभयो । उहाँल सरोकारवाला निकायहरुलाई स्थलगत अनुगमनका लागि अनुरोध समेत गर्नुभयो ।

तस्बिर : वडाध्यक्ष बलबहादुर रावत

प्रतिकृया दिनुहोस्