OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८काठमाडौं
६६५ पटक

२०७८ असार ४ गते, 

जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराईका अनुसार असार ३ गते भर्ना हुनुभएको र उहाँको उपचारको क्रममा प्रतिष्ठानको आईसुलेशनमा शुक्रवार २ बजे निधन भएको जानकारी दिनुभयो । उहाँ सँगै पछिल्लो समय कोरोना संक्रमणका कारण जुम्लाका ५ जनाको मृत्यू भएको छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नन्दराम चौलागाईका अनुसार आज एक जना गरि हाल सम्म जुम्लाका जम्मा ५ जनाको निधन भएको छ । जिल्ला बाहिरका भने ३ जनाको कोभिड १९ का कारण निधन भएको छ । यसैगरी अस्पतालमा अहिले ३४ जना उपचार गरिरहेका छन भने ४७१ जना कोरोना संक्रमुक्त भएर घर फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस्