OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०७८सुर्खेत
३८१ पटक

 ३ असार २०७८, बिहीबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालबिबाह र जबरजस्ती करणीमा एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका २ बाङेसिमल सुर्खेत कोलडाँडा निवासी २७ का टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनलाई सर्वोच्च अदालतको लगत नम्बर २५९३ को बालबिबाह र जबरजस्ती करणी मुद्दामा एक वर्ष चार दिन कैद सजाय तोकेको थियो ।

विशेष सूचनाको आधारमा पक्राउ परेका उनको आरटी पीसीआर परीक्षण गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्