OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ ३, २०७८जुम्ला,
५७० पटक

असार ३ गते । अविरल बर्षा पछिको पहिरोले पातारासी गाउँपालिकाका चार जना सम्पर्क विहिन भएका छन् ।
पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ निवासी चार जना मध्य केही घाईते भएको खबर आएको र अहिले फोन नभएपछि सम्पर्क विहिन भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अनुसार पेरे गाउँका केही व्यक्तिहरुले वडा नम्बर १ लेखीढुंगा, टुङटुङ लेखमा चार जना पालमा बसेका र ढुंगा खस्दा घाईते भएको खबर आएको छ ।
उनिहरु सँगै गएर फर्किएका केही व्यक्तिहरुका अनुसार दुई जना घाईते छन् । घाईते एक जना गम्भिर भएको अपुष्ट खबर आएको प्रहरीले जानकारी दिएको छ ।

घटना जानकारी भएपछि स्थानीय प्रशासनले हेलिकोप्टर मार्फत उद्धारको तयारी गरेपनि भारी बर्षा र प्रतिकुल मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो देखी हेलिकोप्टर तयार अवस्थामा भएपनि बर्षाले साथ दिएको छैन् । उहाँका अनुसार अहिले पातारासी क्षेत्रमा टेलिफोन पनि लागेको छैन । यसैगरी घटनास्थलमा घाईते व्यक्तिहरुका आफन्त पनि लागेका प्रहरीले जनाएको छ ।

कर्णाली र नाग्म गमगडि राजमार्ग अवरुद्ध :
बर्षाले वाढी र पहिरोले कर्णाली राजमार्गको जुम्ला खण्ड पनि अवरुद्ध भएको छ । जुम्लाको रारालिही र नाग्मको बिचमा ढुंगा खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै नाग्म गमगडि राजमार्गको बाजागाडामा खोला बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अन्य सामान्य घरभत्किएका केही घटनाहरु भएपनि मानवीय क्षेति नभएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्