OnlinePana

आज : २०७९ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०७८सुर्खेत
८२१ पटक

२ असार २०७८ बुधबार

कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले प्रदेश सरकारलाई सात थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।

समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले आज सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । मन्त्री बिसीले कोरोना संकटका बेला रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

“रोजगारीका लागि कोरिया र जापानमा रहेका नेपालीहरुले आफ्नो पेट काटेर कोरोना संकटमा गरेको सहयोग धेरै महत्वपूर्ण छ,” मन्त्री बिसीले भन्नुभयो, “आफ्नो मातृभूमि प्रतिको माया देखाउने सम्पूर्ण विदेशी भूमिमा रहेका नेपालीहरुलाई सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले कोरिया र जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट सात थान अक्सिजन कन्सन्ट्रेसन प्रदान गरिएको बताउनुभयो । कोरोनाका कारण अक्सिजन नपाएर समस्यामा परेका आफन्तहरुको लागि सबै मिलेर अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरेर पठाएका उहाँको भनाई थियो ।

यता कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले कर्णाली प्रदेश अस्पतालमा दुई, चौरजहारी मिसन अस्पताल, जाजरकोट जिल्ला अस्पताल, दैलेख जिल्ला अस्पताल, कालिकोटको रासकोट अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्