OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७८सुर्खेत
७७७ पटक

 १ असार २०७८, मंगलबार

कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।

सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिनुभएको थियो । प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

अदालतको फैसलाले चार सांसदको पुनर्बहाली पछि कर्णालीमा एमालेको एकल वहुमत रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको एमाले संसदीय यदलको बैठकमा माधव नेपाल पक्षीय प्रदेशसभा सदस्य प्रकाश ज्वाला सहभागी भएपनि अन्य तीन जना सहभागी भएका थिएनन । तीन जना सहभागी नहुदा प्रदेश सभामा सहभागी मध्ये बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिकृया दिनुहोस्