OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७८सुर्खेत
४१० पटक

३० जेठ २०७८, आईतबार

कर्णाली प्रदेश सरकारले कर्णालीमा कार्यरत क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिद ५० प्रतिशत अनुदान दिने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्ताव गर्नुपूर्व संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापासँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यो कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन । ‘यहाँहरुले उठाएको माग मध्ये कर्णालीका पत्रकारका लागि क्यामेरा तथा ल्यापटप खरिदमा हामी ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्छौं । त्यसकालागि आवश्यक बजेट विनियोजन हुन्छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखनवृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्छौ । सञ्चार माध्यममा बढिमा १०० जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाहीबारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्नेछ ।’

मुख्यमन्त्री शाहीले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र संसदीय मामिला पत्रकार समाजको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष थापाले कर्णालीका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न, अन्तरप्रदेश पत्रकारिताको अध्ययन अवलोकन गर्ने व्यवस्थाका साथै विदेशमा छात्रवृत्तिमा पत्रकारिता अध्ययनका लागि आवश्यक व्यवस्था मिलाउन माग गर्नुभयो । ‘मुख्यमन्त्रीले अहिलेका लागि पत्रकारका मुख्य तीन माग बजेटमै सम्बोधन गर्ने प्रतिशद्धता जनाउनु भएको छ ।’ उहाँले भन्नुभयो, ‘बाँकी कोरोना महामारी भएपछि पत्रकारका समस्या समधान गर्न सरकार प्रतिवद्ध रहने कुरा बताउनुभएको छ । बजेटमा यी कुरा समेटिनेमा म विश्वस्त छु ।’

प्रतिकृया दिनुहोस्