OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ ३०, २०७८जुम्ला,
८८९ पटक

खलंगा जेठ ३० गते । पछिल्लो समयमा राउटे यूवतिमाथी दुव्र्यवहार भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सहित सरोकारवाला निकायहरु सँग छलफल गरेको छ ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले राउटे बस्तिमा गई अवस्था अवलोकन गरेर जुम्ला फर्किएको छ । जुम्लाबाट चार सदस्यीय अनुगमन तथा अनुसन्धान टोलीले फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायको मानव अधिकारको अबस्था, बसाई ब्यबस्थापन, र प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र पछिल्लो समयमा घटेको घटनाको बिषयमा पीडितको स्वास्थ्य तथा सुरक्षाको अबस्था, पीडिकलाई कानुनी दायरामा ल्याउन प्रभाबकारी अनुसन्धानमा प्रहरीको भुमिका लगायतका बिषयमा अनुगमन गरेको छ ।

आयोगले अनुगमनको क्रममा राउटे बस्तीमा स्थलगत अनुगमन गरि राउटे समुदायका मुखिया सुर्य नारायण शाही रास्कोटी, दिल बहादुर शाही र बिर बहादुर शाही सहित तिनै जना मुखियासँग हालको राउटे समुदायको अबस्था, राउटे समुदायका जनाताको अबस्थाका बिषयमा छलफल गरिएको मानव अधिकार अधिकृत धनराज शाहीले जानकारी दिनुभयो ।

यसैगरी आयोगले सरोकारवाला निकायहरुलाई राउटेको स्थानीय ,प्रदेश र संघीय राउटे समुदायका लागि ऐन, निति कार्यबिधीहरु तयार गर्न छलफल गरेको छ । आयोगले राउटे समुदायका मानिसहरुलाई बिभिन्न निकायबाट बितरण हुदै आएको राहत सामाग्री बितरण एकद्धार प्रणाली लागु गरी बितरण गर्न, .समुदायका मानिसहरुलाई शिक्षा, स्वास्थ्य सुरक्षा सहितका सेवा प्रदानका लागि एकिकृत डेस्कको स्थापन गनुपर्ने बिषयमा समेत जोड दिएको छ ।

यसैगरी यूबटयूवमा पोष्ट भएका घटनासँग सम्बन्धित भिडियोहरु हटाउने ब्यबस्था गर्नुपर्ने, दिर्घकालिन ब्यबस्थापनका लागि पहल गरिनुपर्ने लगाएतका छलफल भएको थियो ।
आयोगले सुर्खेतको गर्भाकोट नगरपालिका वडा नम्बर ९ मा स्थलगत अनुगमन भएको र त्यहाँ १४३ जना राउटे समुदाय भएको बताईएको छ । आयोगले राउटे बस्ति अनुगमन पछि सामाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री र मन्त्रालयका महाशाखा प्रमुखसँग छलफल भएको जानकारी दिएकोछ । पिडकहरुलाई कानूनी दायरामा ल्याउने बाताबरण र तिनिहरुको प्रभाबकारी ब्यबस्थापनका बिषयमा प्रमुख जिल्ला अधिकारी छबिराज रिजाल,प्रहरी उपरिक्षक राजेन्द्र भट्ट,सशस्त्र प्रहरी उपरिक्षक डि.बी सुबेदी,सहायक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, र सामाजिक मन्त्रालयका सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवाली सँग समेत छलफल भएको छ ।

यसैगरी गुराँस गाँउपालिकाका अध्यक्ष खेमराज ओली सँग राउटेको अबस्था गाँउपािलकाबाट बितरण भएको परिचयपत्र बितरण राहत बितरण र दिगो ब्यबस्थापनका बिषयमा छलफल भएको , घटनाको सम्बनधमा प्रदेश सरकारबाट गठन भएको कार्यदल र राउटे प्रतिष्ठानका सदस्यहरुसँग तिनिहरुको उचित ब्यबस्थाका बिषयमा छलफले, पिडितको स्वास्थ्य परिक्षण र मनोसामाजिक बिर्मसका बिषयमा समेत सरोकारवाला निकायहरुसँग छलफल भएको तथा घटनाको आवश्यक अनुसन्धान तथा अनुगमन भएको बताईएको छ ।

तस्बिर मानव अधिकार आयोग जुम्ला ।

 

प्रतिकृया दिनुहोस्