OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७८काठमाडौं
१०४१ पटक

३० जेठ २०७८, आईतबार

कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ ।

प्रदेशसभाको आज बसेको आठौं अधिवेशनको सातौ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र भईरहेको बताउनुभयो । रोष्टममा बोल्दै उहाँले भन्नुभयो, “वागमती प्रदेशसभाको रोष्टमबाट २०० राष्ट्रले सुन्ने र बुझ्ने गरी नेपाली काँगे्रसको सांसद नरोत्तम वैद्यले रोष्टमबाटै हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली मार्न अरुलाई उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नागुराम गोड्से जस्तै ओलीलाई मार्ने घोषणा गरेका छन् ।”

“मान्छे मार्छु भन्ने सर्वसाधरणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के फरक कानून छ र ? प्रश्न गर्दै उहाँले भन्नुभयो, त्यसैले म भन्न चाहान्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभियव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”

तसर्थ, प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि हिरासतमा राखी कारवाही माग गर्दछु भन्दै प्रदेशसभा सदस्य रखालले आफ्नोे माग जारी रहने बताउनुभयो । सिंगो नेपाली जनताको रक्षा गर्ने सरकारका प्रधानमन्त्रीकै जीवन रक्षाको माग गरिरहँदा मुलुकको राजनीतिक अवस्था कहाँ पुगेको छ भन्ने बुझ्न गाह्रो छैन ।

प्रतिकृया दिनुहोस्