OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २९, २०७८
१०९१ पटक

२९ जेठ २०७८, शनिबार 

विश्वव्यापी महासंकट बन्दै गएको नयाँ भेरियन्टसहितको दोस्रो लहरको नोबेल कोरोना भाइरस (कोभिड–१९) को समस्या परेका ५० नागरिकहरुलाई बाँके जिल्लामा अवस्थित दुई कर्मचारी संगठनहरुले राहत वितरण गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति, बाँकेले आज उक्त राहत वितरण गरेको हो । महासंघका अध्यक्ष पवनदेव अर्याल र संगठनका अध्यक्ष हरिश्चन्द्र पाण्डे नेतृत्वको संयुक्त टोलीले ५० जना नागरिकहरुलाई २५ केजीका दरले राहत वितरण गर्नुभएको कर्मचारी संगठनका प्रतिनिधि हरि थापाले जानकारी दिनुभयो ।

“विशेषगरी कोभिड–१९) बाट अति प्रभावितहरुलाई यो रकम बाँडिएको हो,” कोरपाटीसँग कुरा गर्दै प्रतिनिधि थापाले भन्नुभयो, “दुवै संगठनको साझा प्रयासमा ५० जनालाई २५ केजी चामलसहित अन्य आवश्यक सामाग्री वितरण गरिएको छ ।”

विपद्को समयमा हरेकले मानवीय भाव प्रकट गर्दै सामाजिक दायित्व निभाउनु पर्छ भन्ने ध्येयका साथ राहत हस्तान्तरण गरिएको जनाउनुभएका उहाँले माओवादी नेता अक्कल बम, नविन शर्मा र डिल्ली बराललगायतको सहभागितामा विपन्नहरुलाई सहयोग गरिएको बताउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्