OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७८सुर्खेत
७८१ पटक

२९ जेठ २०७८, शनिबार

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही नेतृत्वको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ः०० बजेतिर शाही नेतृत्वको समुहमाथि आक्रमण भएको हो ।

उहाँको समुहमाथिको आक्रमणमा संलग्न पाँचजना स्थानीय युवालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शाहीको समुह र स्थानीय युवाबीच झडप जानकारी दिनुभयो । उहाँले आक्रमण नभई दुई पक्षबीच झडप भएको र त्यसमा घाईते भएकाहरुको अवस्था सामान्य रहेको बताउनुभयो ।

प्रहरी उपरीक्षक भट्टले सामान्य भनेपनि सामाजिक सञ्जालमा पोष्ट भएको भेडियोमा एउटा युवाको टाउकोको पछाडि पट्टिको भागमा काटिएका देखाउँदै अभियान्ता शाही रँदै ती युवालाई अँगालो हालेको स्पष्ट देख्न सकिनछ । युवाको काटिएको भागबाट रगत बगिरहँदा एउटा युवतीले तिनको प्राथमिक उपचार समेत गरेको पाईन्छ । शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भीमबहादुर शाहीले वीरेन्द्रनगरको करेखोलामा खाना खाएर राती बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको जानकारी दिनुभयो । उहाँले आफुहरुले निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाई सुर्खेतसहित नेपालका विभिन्न जिल्लामा सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्