OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७८काठमाडौं
६४७ पटक

२९ जेठ २०७८, शनिबार 

काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो ।

बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ ।

उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक व्यवसायीले कोभिडको यो सङ्कटको बेलामा औषधिजस्तो संवेदनशील विषयमा कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको बताए ।

उनले भने, “अहिले बजारमा दुई कारणले सिटामोल अभाव भएको छ । एक भारतमा महँगो मूल्य पाइने भएकाले निर्यात गरिएको छ। अर्को भएको सिटामोल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ । ”

नेपाल औषधि उत्पादन सङ्घका महासचिव विमल अधिकारीले सिटामोलको उत्पादनमा कुनै कमी छैन तैपनि बजारमा अभाव देख्दा आफूलाई आश्चर्य लागेको बताए ।

सिटामोलको भाउ बढ्नुका तीन कारण रहेको भन्दै उनले भने, “पहिलो बजारमा उच्च माग, दोस्रो औषधि वितरकबाट भारतमा महँगोमा बिक्री, तेस्रो सिटामोलको कच्चा पदार्थको पनि अभाव हुन थालेको छ । ती सबैको असर अहिले बजारमा देखिएको छ । ” उनले भने, “औषधि उत्पादनमा कुनै कमी अहिलेसम्म भएको छैन । पछिल्लो एक महिनाको बीचमा मात्रै डेढ करोड ट्याब्लेट सिटामोल उत्पादन गरेर बजारमा पठाएका छौँ । आज मात्रै ६२ लाख ट्याब्लेट बजारमा गएको छ । ”

बजारमा सिटामोलको अभावको हल्ला चलेपछि उत्पादक सङ्घले शुक्रबार उपत्यकाका तीन जिल्लामा सञ्चालित फार्मेसीमा अनुगमनका क्रममा पनि अभाव भएको पाइएको महासचिव अधिकारीले जानकारी दिए। “बजारमा औषधि निर्बाध गइरहेको छ तर पनि बजारमा छैन किन रु यसबारेमा सरोकारवाला सबैलाई जानकारी गराइसकेका छौँ, कहाँ गएको छ त्यो सरकारका जिम्मेवार निकायले खोज्नुप¥यो नि,” महासचिव अधिकारीले भने ।यस विषयमा सबैको ध्यानाकर्षण भइसकेकाले अर्को साता अभावको अवस्था नआउने उनको भनाइ छ ।

अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेको देख्दा अचम्म लागेको छ, सङ्घका महासचिव अधिकारीले भने, “उत्पादन भए पनि बीचमा नै औषधि हराइरहेको छ । यसर्थ भारततर्फ निकासी भएको भन्ने आशङ्का छ । ”

त्यसो त यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । नेपालमा एक रुपियाँ पर्ने सिटामोल भारतीय बजारमा भारतीय लगभग दुई रुपियाँ पर्न जान्छ । खुला सीमाका कारण नेपाली बजारमा खरिद गरेर भारतमा बेच्ने गिरोह सक्रिय हुँदा पनि नेपालमा उत्पादित सिटामोल व्यवसायीसम्म पुग्न नसकेको हुनसक्ने उद्योगीको आशङ्का छ ।

उत्पादकहरूले नेपालमा उत्पादन हुने ५० प्रकारका औषधिको मूल्यमा १४ वर्षदेखि समायोजन नभएको भन्दै उत्पादन ठप्प पार्ने चेतावनी दिइसकेका छन् । यससँगै भोलिका दिनमा भने अभाव चुलिने सम्भावना बढेर गएको हो ।

महासचिव अधिकारीका अनुसार एउटा पारासिटामोल बनाउन डेढ रुपियाँभन्दा बढी लागत पर्छ । उद्योगीले अहिले घाटा खाएरै एक रुपियाँमा पारासिटामोल बिक्री वितरण गर्दै आएका छन् । उनले सरकारले मूल्य तोक्दा कच्चा पदार्थ ४०० रुपियाँ भारुमा आउँथ्यो तर अहिले अहिले एक हजार १०० रुपियाँ भारु पर्छ ।

बजारमा अभाव भएको सिटामोललाई लिएर कालोबजारीको आशङ्का भइरहँदा औषधि व्यवस्था विभागले भर्खर औषधि साँच्चै अभाव हो वा होइन भन्ने विषयमा अनुगमन गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता डा। सन्तोष केसीले बजारमा सिटामोल अभावको हल्ला चलेकाले उत्पादक उद्योगीसँग मौज्दातको अवस्था बुझ्न थालिसकेको जानकारी दिए । झिल्को डटकमबाट

 

प्रतिकृया दिनुहोस्