OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७८सुर्खेत
७५० पटक

 २८ जेठ २०७८, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

दैनिक उपभोग्य वस्तु (चामल) को अभाव भएको भन्दै प्रदेश सरकारसँग माग गर्न आईपुगेका राउटे समुदायका नागरिकहरुलाई मुख्यमन्त्री शाहीले लोपोन्मुख अवस्थामा रहेको राउटे समुदायलाई खाद्यवस्तुसहित उचित संरक्षण गर्ने बताउनुभएको हो । उहाँले सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो ।

यता सामाजिक विकासमन्त्री बिसीले उनीहरुको समस्या तत्काल सम्बोधन गर्न आवश्यक प्रबन्ध मिलाउने बताउनुभयो । सँधै मुखिया नेतृत्वको टोली सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने केही दिनअघि यौन दुव्र्यवहारमा परेकी युवती र युवा राउटेहरुले खाद्यान्न सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्