OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०७८
७२५ पटक

२७ जेठ २०७८, बिहीबार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । यसमध्ये तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रुपमा उनका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेको छ ।

सर्वोच्च अदालतले एकै दिन बिहीबार ओलीसँग जोडिएका तीन वटा आदेश दियो जुन उनीसँग प्रत्यक्ष जोडिन्छन् । त्यसमध्ये पहिलो झट्का हो ओलीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगर्न सर्वोच्चले दिएको आदेश । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ नौ गते जारी गरेकी थिइन् । उक्त अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले बिहीबार आदेश दिएको हो ।

​त्यसैगरी ओलीलाई सर्वोच्चले दोस्रो र तेस्रो झट्का पनि बिहीबारकै सर्वोच्चको आदेशले दिएको छ । गत जेठ १० गते बसेको एमाले बैठकले कर्णालीका चार प्रदेश सांसदको कारवाही गर्ने निर्णय अस्वीकार गर्दै र कारवाही गरेका सदस्यहरुलाई पुनर्बहाली गर्न सर्वोच्चले आदेश दियो ।

दशौं महाधिवेशन आयोजक कमिटीको तर्फबाट गरेका काम कारवाहीहरु मान्य नुहने सर्वोच्चको फैसलाले ओलीलाई अर्को झट्का थपिदियो । यसबाट ओलीले अन्य नेताहरुलाई गर्ने कारबाहीले समेत मान्यता नपाउने भएको छ ।

अर्कोतर्फ राजनीतिक रुपमा पनि बिहीबारै ओलीमाथि अर्को झट्का लाग्न पुग्यो । जुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउँदा पदमुक्त हुन पुगे । यसरी एकपछि अर्को झट्का खेप्न पुगेका ओलीले आगामी दिनमा कस्ता कदम चाल्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्