OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, जेठ २७, २०७८जुम्ला ।
७४२ पटक

खलंगा जेठ २७ गते । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा ज्येष्ठ नागरिकहरुले सम्झेका छन् । जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारती सहित कार्यसमिति, सल्लाहकार समितिका पदाधिकारीहरुले १५ औ दिनको तिथिमा श्रद्धाञ्जली गर्दै सम्झेका हुन् ।

अध्यक्ष भारतीले ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्षको निधनले ज्येष्ठ नागरिक परिवारलाई पनि ठूलो क्षेति भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक संस्था यो अवस्थामा आईपुग्दा उहाँको ठूलो सहयोग भएको स्मरण गर्नुभयो ।

रोकिएनन आँशु, अध्यक्ष बनाउने धोको पुरा भएन :
उपाध्यक्ष न्यौपाने सहित यो समयमा निधन भएका ज्येष्ठ नागरिकहरुको श्रद्धाञ्जली सभामा अध्यक्ष तिर्थराज भारतीले रुदै उपाध्यक्ष न्यौपानेको स्मरण गरेपछि सवैको आखामा आशु झरेको थियो । अध्यक्ष भारतीले मैले उपाध्यक्षलाई श्रद्धाञ्जली गर्नुपर्ने दुखत दिन आएको भन्दै उपाध्यक्षबाट अध्यक्ष बनाउने धोको पनि पुरा नभएको बताउनुभयो ।

यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले एक शोक बिज्ञेप्ती जारी गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले शोक बिज्ञेप्तिमा नागरिक महासंघ अन्र्तगत रहेको ज्येष्ठ नागरिक जिल्ला संघ, जुम्लाका कार्यवाहक अध्यक्ष एवं संस्थापक उपाध्यक्ष र शिक्षा क्षेत्रका धरोहर मुनिषचन्द्र न्यौपाने ज्यूको ७४ वर्षको उमेरमा मिति २०७८ जेष्ठ १५ गते भएको अकल्पनीय दुःखद् निधनले हामी समस्त महासंघ परिवार र ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत सम्पूर्ण सहकर्मीहरूलाई मर्माहत बनाएको बताएको छ ।

अध्यक्ष मदनदास श्रेष्ठ र महासचिव छत्रबहादुर प्रदानबाट जारी शोक बिज्ञेप्तीमा हार्दिक श्रद्धाञ्जली सहित उहाँको दुःखद् निधनले जिल्ला संघ, जुम्ला लगायत समस्त जुम्लेली समाजमा अपूरणीय क्षति पुगेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्