OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०७८ सुर्खेत
५८२ पटक

२६ जेठ (२०७८, बुधबार

सुर्खेतस्थित माया नर्सिङ होमले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका पत्रकार र ड्युटीका खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधवार विहान नर्सिङ होमले नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नर्सिङ होमका संरक्षक एवं प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई १० हजार ५०० थान मास्क र २१० थान सेनिटाइजर हस्तान्तरण गर्नुभएको छ ।

महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अग्रपंक्तिमा खटिएका पत्रकारहरुलाई नर्सिङ होमले प्रदान गरेको स्वास्थ्य सामग्रीले रिपोर्टमा जोखिम न्यूनीकरण गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरुलाई गरेको सहयोगप्रति धन्यवाद दिंदै अग्रपंक्तिमा खटिएका पत्रकारहरुको हातहातमा ती सामग्री पु¥याइने प्रतिवद्धता गर्नुभयो । नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकारहरु पनि जोखिममा पर्ने हुँदा कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यसैगरी नर्सिंङ होमले वीरेन्द्रनगरका सडकमा ड्युटीमा खटिएका प्रहरीलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको छ । नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले मंगलगढी, यरी चोक, बांगेसिमल, एयरपोर्ट चोक, कपासे, सुवाकुना, धुलियाविट, भैरवस्थान, गणेशचोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी करिव १०० बढीलाई मास्क र सेनिटाइजर वितरण गर्नुभएको छ । पत्रकार तथा प्रहरीलाई गरी नर्सिङ होमले करिव दुई लाख बढीको सामग्री निःशुल्क प्रदान गरेको छ ।

त्यसैबीच पत्रकार महासंघले प्राप्त गरेको स्वास्थ्य सामग्री पत्रकार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका अध्यक्षहरुलाई वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस्