OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७८सुर्खेत
३७४ पटक

 २५ जेठ २०७८, मंगलबार

नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिका सुर्खेतले सञ्चालन गरेको नगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आज रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

रेडक्रस सुर्खेतका सभापति आचार्यले हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीले नगर अस्पताल संचालनमा सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रिजालले रेडक्रसले विपद्को बेला गरेको सहयोगप्रति सह्राना व्यक्त गर्दै कोभिड रोकथाम तथा नियन्त्रणको कार्यमा सवै क्षेत्रले सक्दो योगदान गर्नुपर्ने उल्लेख गनुृभयो ।

उहाँले कोभिडको दोस्रो चरणको जोमिख केही कमी हुँदै गएकोमा अव सवै पक्षले तेस्रो चरणको रोकथामको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले नगरभित्रका कोभिडका विरामीहरुको उपचारका लागि संचालनमा ल्याएको नगर अस्पताललाई रेडक्रसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

रेडक्रसले उपलव्ध गराएका सामग्रीहरुमा बेड १० थान, १० थान अक्सिमिटर, मास्क, सोलार बत्तीलगायत विभिन्न रहेको शाखाका मन्त्री प्रदीप्त पौडेलले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरी, नगर अस्पतालका चिकित्सकलगायतको उपस्थिति थियो ।

त्यस क्रममा रेडक्रस सुर्खेतले लेकवेसी नगरपालिकालाई पनि ६ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्