OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७८सुर्खेत
७३६ पटक

२५ जेठ २०७८, मंगलबार

चिनिया सरकारले सहयोग गरेको भेरोसेल खोप कर्णाली प्रदेशमा ५२ हजार हाराहारीको परिमाणमा उपलब्ध भएको छ । उपलब्ध भेरोसेल खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको छ ।

चीन सरकारले सहयोग गरेको उक्त खोप कर्णालीका ६२–६५ उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई लगाईने योजना बनाईएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लाको तथ्याङ्कलाई आधार मानेर पठाईएको भेरोसेल खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरुले आ–आफ्नो अनुकूलतामा खोप सेवा दिने निर्देशक डा.खड्काले बताउनुभयो ।

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार उपलब्ध खोप मध्य डोल्पामा एक हजार २१०, मुगुमा एक हजार ८२९, हुम्लामा एक हजार ६८०, जुम्लामा तीन हजार ६३६, कालीकोटमा चार हजार ५२९, देलखेमा आठ हजार ४९५, जाजरकोटमा पाँच हजार ६७३, रुकुमपश्चिममा चार हजार ८५८, सल्यान सात हजार ७६८ र सुर्खेतमा ११ हजार ९७२ पठाईएको छ ।

”हामीले गत माघमा १४–२४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार ४८४ जनालाई कोभिशिल्ड खोप लगायौं,” सूचना अधिकारी चौधरीले भन्नुभयो, “पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार ७४२ खोप लगाईएको छ ।” दोस्रो चरणमा फागुन २३ देखि चैत्र २ गतेसम्म ८१ हजार ४९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन नपाएको उहाँले बताउनुभयो ।

हालसम्म एक लाख १२ हजार ७२२ जना कर्णालीवासीले कोभिशिल्ड भ्याक्सिन लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप नै आउनुपर्ने उहाँको भनाई छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणले खोप लगाएका व्यक्ति भन्दा नलगाएका व्यक्ति बढी प्रभावित भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्