OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २२, २०७६जुम्ला,
२३६२ पटक

खलङ्गा कात्तिक । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलको जिल्लामा नमूना नयाँ भवन निर्माण भएको छ ।
योजनाको लागत अनुमान मुल्य रु ३ करोड ८२ लाख १३ हजार ५२५ रहेको र योजना सम्झौता रकम रु ३ करोड १२ लाख ५२ हजार २५३ रुपैया ५० पैसामा जिल्लाको नमूना भवन निर्माण भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित केही भवनहरु जिल्लामा नमूना बनिरहेको समयमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको भवन समयमा गुणस्तरीय निर्माण भएको हो ।
भवन निर्माणको जिम्मा लिएको डाँफे÷ द क्याराभान र पुष्प जेभीका निर्माण व्यवसायी देवेन्द्रबहादुर शाहीले निर्माण गर्नुभएको हो । सम्झौता अवधि २०७४ असार २२ गते रहेको र निर्माण समय २०७६ कात्तिक १८ गते तोकिएकै समयमा निर्माण गर्न सफल भएको थियो । नयाँ निर्माण भएको भवनको उद्घाटन शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले गर्नुभएको हो । नव निर्मित भवन उद्घाटन गर्दै मन्त्रालयका सचिव अधिकारीले जिल्लाकै नमूना भवन निर्माण गरेकोमा निर्माण व्यवसायी र कार्यालय तथा सहयोगी सवैलाई धन्यवाद दिनुभयो । यसैगरी संघीयता पछि सुर्खेत मात्रै कायम भएको कार्यालय समेत जुम्लामा फकिएकाले कर्णालीवासीका लागि अवसरको बिषय भएको बताउनुभयो । उहाँले अव हिजोकै शैलिमा नभई भवन निर्माण नयाँ मोडलमा बन्नेमा जोड दिनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्म मैनालीले जसरी भवन राम्रो निर्माण भएको छ । त्यसैगरी काम संचालन गर्नुपर्ने भन्दै विभागले अव नयाँ मोडलमा भवन निर्माण गर्न शुरु गरेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जिल्लाकै अर्को नमूना भवन उद्घाटन हुदा खुशी व्यक्त गर्नुभयो । यसैगरी आयोजना प्रमुख जगदिश लामिछानेले जिल्लाको नयाँ मोडलमा आधारित भवन बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । भवन निर्माण जिम्मा लिएका सव ईन्जिनिरएर चन्द्रबहादुर खड्काले भवनको लागत र अवधिको जानकारी गर्दै ९३ तले भवन भएपनि ठूला कोठा र हल भएकाले ९ वटा कोठा रहेको जानकारी दिनुभयो । उहाँले भवन भुकम्पमैत्री, अपाङ्गमैत्री शौचालय समेत भएको जानकारी दिनुभयो ।
कार्यालय पुर्नस्थापना ः
जुम्लामा साविक भवन डिभिजन कार्यालय, जिल्ला भवन कार्यालय हुदै अहिले फेरि डिभिजनको रुपमा स्थापना भएको विभागका उपमहानिर्देशक पदम मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीयताले जुम्लामा रहेको डिभिजन कार्यालय सुर्खेतमा सिमित भएको थियो । अव आवश्यकताको आधारमा जुम्लामा फेरी स्थापना भएको छ । जिल्लाबाट कार्यालय हटेको ३७१ दिन पछि फेरी कार्यालय फर्किएकोले काममा सजिलो हुनेमा जोड दिनुभयो । यसैगरी पत्रकार महासंघ शाखा जुम्लाको भवनमा समेत विभागले निर्माण कार्यमा सहयोग गरेको भन्दै महासंघले सम्मान गरेको छ ।
अव जुम्लाको कार्यालयले साविकको डोल्पा जिल्ला वाहेक ४ जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र कालिकोटा हेर्ने भएको आयोजना प्रमुख सुर्खेतका जगदिश लामिछानेले जनाउनुभयो । यसैगरी गुणस्तरीय भवन र समयमा निर्माण गरेको भन्दै निर्माण व्यवसायी शाही, आयोजना प्रमुख लामिछाने र सव ईन्जिनियर खड्का सम्मानित भएका छन् ।

प्रतिकृया दिनुहोस्