OnlinePana

आज : २०७९ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७८काठमाडौं
७३१ पटक

२४ जेठ २०७८, सोमबार

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको नाममा भ्रम सिर्जना गर्न खोजेको ठहर गरेको छ । नेपाल पक्षले सोमबार जारी गरेको जवाफी वक्तव्यमा ओलीको आह्वान एकताको पक्षमा नभइ भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित रहेको ठहर गरिएको हो ।
नेपाल पक्षको स्थायी समिति बैठकपछि नेपालले जारी गरेको वक्तव्यमा ओलीले गरेको ६ बुँदे प्रस्तावमाथि एकएक जवाफ दिइएको छ । ओलीको वक्तव्यको बुँदा नम्बर १ मा पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित रहेको उल्लेख गरिएको छ । यस्तै पार्टीलाई ३ गते पूर्व फर्काउने भन्दै ओलीले अल्मल्याउने भाषा प्रयोग गरेको पनि उल्लेख गरिएको छ ।

यस्तै बुँदा नम्बर २ मा मातहतका पार्टी कमिटी र जनसंगठनलाई जेठ २ अघिको अवस्थामा फर्काउने भनिएपनि त्यहाँपनि जालझेलको कुरा भएको उल्लेख गरिएको छ । यस्तै कार्यदलको कुरा गरिएपनि पार्टी विधानविपरित भएका कारबाही फिर्ता लिने कुरा वक्तव्यमा केही उल्लेख नभएको नेपाल पक्षको जवाफमा उल्लेख छ ।

सारमा नेपालको जवाफमा भनिएको छ, ‘छलछाम र षड्यन्त्रपूर्ण किसिमले कुरा गरेर राष्ट्र र जनता तथा पार्टी पंक्तिको भावना अनुरुप पार्टीमा एकता काम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अबलम्बन गर्नु दुःखद र चिन्ताको विषय हो । यस्तो गलत बाटो परित्याग गरी हामीले यसअघि लिखित रुपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रुपमा सम्बोधन गर्दै इमान्दारीताका साथ वार्ता र सहमतिको बाटो अबलम्बन गरिएमात्रै सकारात्मक परिणाम आउन सक्छ ।’ लोकान्तरबाट

प्रतिकृया दिनुहोस्