OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७८सुर्खेत
६५४ पटक

२४ जेठ २०७८, सोमबार

कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सरकारले पदमुक्त नगरेसम्म संसद बैठक अगाडि चल्न नदिने चेतावनी दिनुभएको छ ।

कर्णाली प्रदेश प्रदेशसभाको आठौं (वर्षे) अधिवेशनको आज बसेको पहिलो बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेर प्रमाणित भइसकेका व्यक्तिलाई प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा कायम राखेको भन्दै रोष प्रकट गर्नुभयो । बैठकको शुरुमै सरकारको बनावट बिगत भन्दा आज फरक बताउनुभएका नेताले अभियोग पुष्टि भएका दोषीलाई सार्वजनिक पदमा राख्ने र संसदको मर्यादामा आँच आउने गरे एमाले टुलुटुलु हेरेर नबस्ने जिकिर गर्नुभयो ।

“तीन तहको अदालतले नैतिक पतनदेखि फौजदारी अभियोग प्रमाणित भईसकेका व्यक्तिलाई जनप्रतिनिधिको मूल्य मान्यता बोकेको संस्थामा उपस्थित गराउनु अशोभनीय हुन्छ,” नेता कँडेलले भन्नुभयो, “बस्नै नहुने व्यक्ति सार्वजनिक पदमा बसेको हामी यसरी टुलुटुलु हेरेर बस्न सक्दैनौं यस विषयमा सरकारले बेलैमा निर्णय लेओस् ।” यो स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमाले प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो । पुनः बेलुका ५ः०० बजे बैठक बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य करबीर शाहीले प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरेसम्म काम कारवाही अघि बढ्न नदिने ठोकुवा गर्नुभयो । सदस्य शाहीले सरकारका भ्रष्टाचारका ग्राफबारे पछि कुरा गरौंला भन्ने विचार व्यक्त गगरेसँगै बैठक अवरुद्ध गरियो ।

प्रतिपक्षी दल एमालेले अवरोध कायमै राखेपछि बैठक चल्न सकेन । उनीहरुले गरेको अवरोधका कारण सभा चल्न नसकेपछि सभामुख शाहीले जेठ २५ गते दिउसो २ः०० बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्