OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७८काठमाडौं
५८६ पटक

२४ जेठ २०७८, सोमबार

कर्णाली प्रदेश प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन शुरु भएको छ । यसका सरकारका बजेट (नीति तथा कार्यक्रम) का विषयमा छलफल हुनेछ ।

आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरे बमोजिम कार्य अगाडि बढाउनुभएको छ ।

बैठकमा सत्ता पक्षका १८ र प्रतिपक्षी दलका १६ जना सदस्य रहेका छन् भने राप्रपा एक जना प्रदेशसभा सदस्य सहभागी भएका छन् । यसका साथै सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सूची तय भएको प्रदेश सभाका सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्