OnlinePana

आज : २०८० मंसिर २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७८सुर्खेत
४३१ पटक

 २३ जेठ २०७८, आईतबार

राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन युवा पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मिलन होटल सञ्चालकसमेत हुन् ।

राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्