OnlinePana

आज : २०८२ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २३, २०७८
१२३० पटक

२३ जेठ २०७८,आईतबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर जिसीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । गत बैशाख ३ गते मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएर सत्ता साझेदार बनेको दल नेपाली काँग्रेसले श्रेष्ठ र बिसीलाई मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तारको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका दुवैलाई नियुक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेसबाट प्रदेश सरकारमा सहभागी उर्जा विकासमन्त्री श्रेष्ठ जुम्ला र सामाजिक विकासमन्त्री बिसी सुर्खेत निवासी हुनुहुन्छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाएको छ । यद्यपि यस अघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जोडिएको युवा तथा खेलकुद पुनः सामाजिक मन्त्रालयमै फिर्ता गरिएको छ । दुवै मन्त्रीले आजै पदभार ग्रहण गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्