OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २२, २०७८सुर्खेत
८९६ पटक

२२ जेठ २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जना व्यक्तिलाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत गोदाम लाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार जना व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुडिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाईछिपाई राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुडिया अर्थात (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो ।

पक्राउ पर्नेमा अन्दाजी ५४ वर्षीय होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपाकिला ५ दैलखका २१ वर्षीय युवती सरु शाही, वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका १८ गौरव क्षेत्री र सोही नगरपालिका वडा नं.९ सुर्खेतका १८ प्रदीप खत्री रहेकोे बताईएको छ ।त्यसैगरी, खोजतलासको क्रममा पाँच वटा प्रयोग नभएको नाईट्रोभेट ट्याब्लेट र श्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट रु.पाँच लाख आठ हजार २०० बरामद गरी नियन्त्रणमा लिईएका उनीहरुको थप अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्