OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नवीन रिजालजेठ २१, २०७८देलैख
६०२ पटक

२१ जेठ २०७८, शुक्रबार

जँगलमा फिरन्ते जीबन बिताउदै आएका राउटे समुदायमा कोराना परीक्षण गरिएको छ । कोराना सँक्रमण फैलिन सक्ने सम्भाबना देखिएकाले चिकित्सकहरुले उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भए पनि राउटेले पालना गदैनन् । आफुलाई बनको राजा भन्न मनपराउने राउटे समुदायको रिपोर्ट नेगेटिभ आएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटे समुदायको कोरोना जाँच गरिएको छ । कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाको समन्वयमा स्वास्थ्य परीक्षण गरिएको थियो । लोपोन्मुख जातिमा कोरोना भाईरस संक्रमण भए नभएको जानकारी लिनको लागि एन्टिजेन विधिबाट स्वाव परिक्षण गरिएको हो । आफ्नो कुल धर्म विरुद्ध हुने भएकाले राउटे महिलाले स्वास्थ्य परिक्षणलाई अस्वीकार गरेका थिए ।

स्वाव परीक्षण गर्नु अघि राउटेका मुखिया सुर्यनारायण शाही आफ्नो जनतामा कोरोना नलागेकोले परीक्षण नगर्न आग्रह गर्दै आएका थिए । ‘मेरो जनता सँग कोरोना छैन । हामी सरसफाई गरेका छौं किन स्वाव लिनु प¥यो,जनता डराउँछ । कहिल्यै पनि तपाईको जस्तो उपचार गरेको छैन बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाई दिनुहोला भन्दै मुखियाले आग्रह गरे ।

एक साता अगाडी राउटे समुदायका युवक शिवराज शाहीको मृत्युपछि कोरोना आशंकामा स्वास्थ्य परीक्षण गरिएको सहयोगी संस्था सोसेक दैलेखले जनाएको छ । उनीहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न गाउँ बजार डुलिरहनुपर्ने बाध्यता छ । कोरोना संक्रमणको आशंकमा राउटे समुदायको परीक्षण गरिएको हो सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताउनुभयो ।
राउटे समुदायलाई स्थायी बासिन्दा सरह सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिका दैलेखबाट गएको स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परीक्षण गरेको हो ।

अघिल्लो साता मात्रै राउटे युवा शिवराज शाहीको निधनपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । राउटे समुदायमा हुने हरेक गतिविधिमा अगुवाई गर्दै आएका शिवराज २०७६ जेठ ५ देखि ११ गतेसम्म सञ्चालन भएको काठको निर्माण सम्बन्धी तालिममा सक्रियतापूर्वक सहभागी भएका थिए ।

शिवराजको मृत्युपछि सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिनुभयो । ‘गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली बस्तीमै पुगेर राउटे नागरिकहरुको कोरोना परीक्षण गराएका छौ,’ विष्टले भन्नुभयो, ‘परीक्षण गराएका कसैमा कोरोना संक्रमण देखिएन् ।’

 

प्रतिकृया दिनुहोस्