OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २१, २०७८काठमाडौं
६०७ पटक

२१ जेठ २०७८, शुक्रबार

केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् ।

ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा पनि पार्टीबाट एकमात्र उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने तीन उपप्रधानमन्त्री थपेका हुन् । २०७४ सालयताका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने ओलीले सरकारबाट बाहिर पठाएका छन् । उनी मन्त्रीको जिम्मेवारी खोसिँदा समेत उपप्रधानमन्त्री भएर बसिरहेका थिए ।

यसपटक थपिएका उपप्रधानमन्त्रीमनध्ये रघुवीर महासेठका भने दम्पती नै ओली सरकारमा आलोपालो गरी सहभागी हुँदै आएका छन् ।

ओलीले २०७४ सालमा प्रधानमन्त्रीको शपथ लिएपछि महासेठ मन्त्रिपरिषद्मा सहभागी भएका थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा थिए । २०७४ फागुनदेखि २०७६ मंसिरसम्म उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहे ।

त्यसपछिको एक वर्ष जारी रहेको तत्कालीन नेकपाको विवादमा महासेठ कहिले दाहाल(नेपाल समूहतिर लागे त कहिले केपी ओलीतिर । २०७७ पुस ५ मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चुलिएको नेकपा विवादमा उनी दाहाल(नेपाल खेमातिर लागेर कार्की बैंक्वेटको भेलासम्म पुगेका थिए । तर, लगत्तै पुस १० गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री बनिन् । यसलाई धेरैले यी दम्पतिको बार्गेनिङका रुपमा व्याख्या पनि गरे ।

जुलीकुमारी महतो २०७७ पुस देखि २०७८ जेठसम्म महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री भइन् । २०७६ मंसिर मन्त्रीबाट हटाइएपछि ओलीसँग रिसाएका महासेठ श्रीमती महतो मन्त्री बनेपछि फेरि ओली क्याम्पमा नै फर्किए ।

ओली मन्त्रिपरिषद्बाट महतो बाहिरिएपछि महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित फर्किएका छन् । यसरी ओलीको मन्त्रिपरिषद्मा महासेठ र महतोको ुरोटेसनु चलिरहेको छ । महासेठ २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए ।

महासेठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । जुलीकुमारी महतो भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् । उनीहरू पहिलो संविधानसभामा पनि सांसद थिए । महासेठ २०६५ सालमा भएको उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद थिए । उनीहरू दुवैपटक एमालेबाट निर्वाचित भएका थिए । कान्तिपुरबाट ।

प्रतिकृया दिनुहोस्