OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १९, २०७८
७८७ पटक

१९ जेठ २०७८, बुधबार 

पछिल्लो एक सातामा कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा वृद्धि आएको छ । विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै जाँदा बिरामीहरुमा पनि आत्मबल बढेको छ ।

जेठ १८ गते ४४९ जनाले कोरोना जितेर घर फर्के । आज एकैदिन थप ६१० जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले पनि पछिल्लो एकसाता यता कर्णालीमा कोरोना संक्रमितको संख्यामा कमी आएको जनाएको छ । कर्णालीमा आज ३५९ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १५१ जना र ६५७ जनाको एन्टिजेन परीक्षण हुँदा १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

आजका दिनसम्म ४४० जना थप आइसोलेशनमा थपिएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ९२९ जना रहेको जनाईएको छ । । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । हिमाली जिल्ला मुगुमा एक र सुर्खेतमा दुई जना गरी ३ जनाको कोरोनाबाट मृत्यु हुनेको संख्यामा थपिएपछि कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको स्वास्थ्य सेवा निदेइशनलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्