OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलगाई जेठ १९, २०७८जुम्ला
११५८ पटक

जेठ १९ गते । तातोपानी गाउँपालिकाले वडा नम्बर छ लाई सिल गरेको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले एक गाउँवाट अर्को गाउँ जान नदिने गरि निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सोही वडाका खड्कावाडा र रावत वाडाका मानिसहरु आवतजावत पनि केही दिनका लागि रोकिएको छ ।

स्वास्थ्य संयोजक गुरु प्रसाद चौलार्गाइका अनुसार सो वडामा १०९ जनाको पिसिआर परीक्षण गरिएको र नतिजा विहिवार आउने जानकारी दिनुभयो । स्थानीयले गाउँमा धेरै मात्रामा विरामी भएको भन्दै स्थानीय सरकारलाई जानकारी गरेपछि मंगलवार २७ जना विरामीको एन्टिजन परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्य नौ जनामा संक्रमण देखिएको थियो । सोही अनुसार बुधवार १०९ जनाको पिसिआर गरिएको गाउँपािलकाले जनाएको छ ।

पातारासीमा १०० को परीक्षणमा सबैको नेगेटिभ :

यहाँको पातारासी गाउँपालिकामा १०० को परीक्षणमा पिसिआर गरिएकोमा सबैको नेगेटिभ आएको बताईएको छ । स्वास्थ्य संयोजक  रतन बुढ्थापा अुनुसार गत जेठ १७ गते गरिएको परीक्षणमा १०० जना सबैको नतिजा नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्