OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७८काठमाडौं
१०८६ पटक

१८ जेठ २०७८, मंगलबार

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको आज निधन भएको छ । कोभिड संक्रमणबाट थापाको ४४ वर्षको उमेरमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ४ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

कोभिड(१९ संक्रमणसँगै गम्भीर बिरामी पर्नुभएका थापालाई शुरुमा उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गराईएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गते मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र स्वास्थ्य स्थिति जटिल नै रहेको थियो ।

मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद पनि थापाको शारीरिक अवस्था सुुदृढ हुन सकेन’ ‘मंगलबार अपरान्ह ४ः२५ बजे उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’

 

प्रतिकृया दिनुहोस्