OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७८काठमाडौं
१०८८ पटक

१८ जेठ २०७८, मंगलबार

जनता समाजवादी पार्टी ९जसपा० नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन । यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निष्कासन हुने निर्णय पनि गरेको थियो । ठाकुर पक्ष सरकारमा जाने पक्का भइसकेको छ । प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । ‘सरकारमा सहभागी हुने १० जना स्वतः कारवाहीमा पर्ने नै भए,’ यादव पक्षका एक नेताले रातोपाटीलाई बताए ।

यता, अध्यक्ष उपेन्द्र यादवलाई पनि ठाकुर पक्षले सोही दिन स्पष्टीकरण सोधिएको थियो । तर उनले अझै जवाफ दिएका छैनन् । उनलाई पठाएको पत्रमा पनि २४ घण्टाभित्र चित्त बुझ्दा जवाफ नदिए पार्टीबाट निष्कासनसम्मको कारवाही हुने पत्रमा उल्लेख थियो ।

सोमबार प्रधानमन्त्री ओलीसँग भेटेपछि सरकार जाने सहमति भइसकेको छ । तर पार्टीमा क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा सहमति हुनसकेको छैन । हिजो पनि मन्त्रीका विषयमा छलफलका लागि ठाकुर पक्षको बैठक बसेको थियो तर सहमति हुन सकेन । त्यसका लागि आज पनि प्रयास हुने बताइएको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्