OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७८काठमाडौं
४२३ पटक

१७ जेठ २०७८, सोमबार

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन मतदान प्राप्त गर्नुभएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो । विजयी उम्मेदवार पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभातर्फ एक मत र स्थानीय तहतर्फ दुई मत बदर भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत वैशाख १९ गते राजीनामा दिएर पुनः नियुक्ति लिएपछि प्रदेशसभाबाट राजीनामा दिएर नेपाली काँगे्रसमा प्रवेश गर्नुभएको थियो । उहाँ माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार हुनुहुन्थ्यो ।

राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उहाँ पदमुक्त हुनुभएको थियो । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको विपक्षी गठनबन्धनले बताएको छ ।

प्रतिकृया दिनुहोस्