OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७८काठमाडौं
६०९ पटक

जेठ १७ जेठ २०७८, सोमबार

राष्ट्रियसभामा रिक्त एक पदका लागि आज बिहान ९ः०० बजेदिेखि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट विजयी अर्घाखाँची जिल्लाका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेलगत्तै उक्त पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गर्न थालिएको हो । लुम्बिनी प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा मतदान भईरहेको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले दुरी कायम गरी मतदान गरिरहेका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बिहान ९ः०० बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरिसक्नुभएको छ । उहाँका अनुसार मतदानको समय दिउँसो ३ः०० बजेसम्म निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगत्तै गणना कार्य हुनेछ । त्यस्तै कुनै प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा उभिनु भएको छ ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु सहित २१७ गरी जम्मा ३०० मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ

प्रतिकृया दिनुहोस्