OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १५, २०७८
१३८२ पटक

१५ जेठ २०७८, शनिबार

नेपाल सरकारले आगामी आव.०७८÷०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ ।

सरकारका अर्थमन्त्री विष्णु पौडेलेले शनिबार गर्नुभएको बजेट भाषणमा सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताउनुभएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कुरा सरकारले बजेटमै ल्याउनु अत्यन्तै सकरात्मक भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खडकाले बताउनुभयो ।

“सरकारले जग्गा प्राप्तिसहित विस्तृत परियोजना तयार गर्ने गरी बजेटमै सुर्खेत मेडिकल कलेजको कुरा ल्याउनु राम्रो हो,” निर्देशक डा.खड्काले भन्नुभयो, “यस अघि पनि कलेजको कुरा चलेकोले यसको कार्यान्वयनमा भने जोड दिनुपर्ने देखिन्छ ।” मूलत शैक्षिक गुणस्तरलाई ध्यान दिएर विज्ञहरुको सल्लाहमा सरकारले मेडिकल कलेज स्थापनाको योजना निर्माण गरेर अघि बढेको हो भने यो नितान्त राम्रो हुने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशका नागरिक अगुवा पिताम्बर ढकालले बजेटमा आउनु सकरात्मक रहेको तर कार्यान्वयन गर्ने सवालमा ढुक्क भएर बस्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “एक डेढ वर्ष अघिदेखि मेडिकल कलेज स्थापनाका लागि भनेर वीरेन्द्रनगर सुर्खेतको कालिन्चोकमा कार्यालय छ । कर्मचारी बसेका छन् तर जग्गाको पहल गरिएको छैन । वीरेन्द्रनगर भित्र रेहको नेवारेको डाँडो लिने भन्ने कुरा चलेपनि कुनै सर्वे डिजाईन छैन । भर्खरै एक सता अघि कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई संघ अन्तरगत लैजाने निर्णय अघि सारेको छ । यसले के विवाद जन्मने कुरा भएन र ?”

सरकारले शनिबार घोषण गरेको बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि प्रदेश नं २ को बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाएको थियो ।

प्रतिकृया दिनुहोस्