OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०७८जाजरकोट
३२८ पटक

 १३ जेठ २०७८, बिहीबार

जाजरकोट जिल्ला निवासी पूर्व सांसद रत्नप्रसाद न्यौपानेको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सांसद न्यौपानेको मृत्यु भएको हो ।

उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको मृतकका छोरा मदनरत्न न्यौपानेले जानकारी दिनुभयो । मदनका अनुसार ‘शुरुमा वैशाख २३ गते सांसद न्योपानेलाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । हिजो राति उहाँ मृत्यु भएको थियो ।

वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा राखिएको उहाँले बताउनुभयो । छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित भएका हुनुभएको थियो ।

हाल एमालेको कर्णाली प्रदेश समिति सदस्य रहेका न्यौपाने जिल्लाको इमान्दार नेता र एमालेका कुशल संगठकको रुपमा परिचित हुनुहुन्थ्यो । एमाले किसान महासंघको केन्द्रीय उपाध्यक्ष र कर्णाली प्रदेश ईञ्चार्जसमेत रहनुभएका स्वर्गीय न्यौपाने २०४६ सालको जनआन्दोलनपछि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा लागेका बताईएको छ ।

 

प्रतिकृया दिनुहोस्