OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७८काठमाडौं
६०५ पटक

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिको टेलिफोन संवापछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

खोप खरिद गर्ने नेपालको प्रस्ताव 

चिनियाँ समकक्षी सीसँग भएकाे टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

करिब ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।

राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएका थिए । ‘यसले हामीले खोपलाई कति प्राथमिकता दिएका छौं भन्ने प्रमाणित गर्छ’, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भने ।

खोप उत्पादन गर्ने मुलुकहरुमा नै संक्रमण बढेेकाले समस्या भएको भएपनि आफूहरुको प्रयत्नमा कुनै कमी नभएको उनले बताए । मन्त्री त्रिपाठीले भने, ‘प्रक्रियाबारे डिटेेेलमा बताउन चाहन्नँ, तर खोप हामी ल्याउँछौं र जनतालाई लगाउँछौं ।’  अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्