OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७८सुर्खेत
६१५ पटक

 १२ जेठ २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य एंव कोभिड महामारी नियन्त्रणमा जुट्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्री नेपालीले आज आयोजित भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । “प्राकृतिक विपद्बाट कर्णाली प्रदेशमा बर्सेनि लाखौको धनजनको क्षति हुने गर्दछ,” उहाँले भन्नुभयो, “जनधन जोगाउनका यसको प्रतिकार्यका गर्न सबै प्रजिअहरुले जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि खटाउने स्वयमसेवकलाई गाउँगाउँमा पु¥याएर सचेतनाका लागि समन्वयकारी भूमिका निर्वाह गर्न लगाउने छ । संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले स्वास्थ्यकर्मीको पदपूर्ति गर्न लागिरहेका भन्दै उहाँले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा १० जिल्लाका प्रजिअहरुले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भईरहेका काम र त्यसक्रममा देखिएका समस्या चुनौतिबारे जानकारी गराएका थिए । जिल्लामा कोरोना नियन्त्रणमा सक्दो प्रयास भईरहेको जनाएका प्रजिअहरुले विपद्को पूर्वतयारीको सूचना सयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्नुपर्नेमा प्रदेश सरकारलाई अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्