OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १२, २०७८
३८६ पटक

 १२ जेठ २०७८, बुधबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विश्व शान्तिका अग्रदुत गौतम बुद्ध वचन अनुसरण गर्नाले मात्र राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ को अवसरमा बौद्ध धर्मावलम्बी एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमार्फत उहाँले भन्नुभएको छ “अहिंसा, त्याग र शान्तिका प्रतीक बुद्धका उपदेशलाई विश्वले ग्रहण गरिरहेको छ । बुद्धभूमि नेपाल र नेपालीले उहाँको मार्गदर्शनलाई आत्मसात गर्न सकेमात्र राष्ट्रिय एकता र मुलुकको समृद्धिमा सहयोग पुग्दछ । बुद्धजयन्तीले यही प्ररणा देआस् ।”

नेपालका राष्ट्रिय विभूति, विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध (सिद्धार्थ गौतम) को जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आजकै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोगको दिवस भएको यसले सबै नेपालीमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता अझै बलियो बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको उहाँले बताउनुभएको छ ।

बुद्धका मार्गदर्शन पालनाले शान्ति र आपसी सद्भाव अभिवृद्धि हुनुका साथै सामाजिक तथा साँस्कृतिक विविधतासहितको राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएका उहाँले हाल विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टबाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आह्वानसमेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्