OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १६, २०७६जुम्ला
७६८ पटक

खलङ्गा कात्तिक । जुम्लामा ‘कर्णालीको संक्षिप्त सस्कृति’ नामक हस्त लिखित पुस्तक बिमोचन गरिएको छ ।
जुम्लाका स्थानीय ज्योतिस पूर्णसिंह बोहराद्धारा लिखित सो पुस्तकको एक कार्यक्रमको बिचमा सुर्खेत जुम्ला ईजलास अदालतका बरिष्ठतम न्यायधिस रत्नबहादुर बागचनले बिमोचन गर्नुभएको छ ।
कर्णालीको सस्कृति सँग केन्द्रित मष्टो परम्परा, देउडा, विभिन्न राम्रो काममा गाउँने मागल, चुटकिला, छोरा जन्मिदा गाउने गित, छैटी गित सहितका विभिन्न सस्कृतिहरुका बिषयको हस्तलिखित दस्तावेज समेटिएको पुस्तक बिमोचन गरिएको हो । पुस्तकमा मार्सी धानको उत्पति देखी अहिले सम्मको अवस्थाका बिषयमा उल्लेख गरिएको छ । ज्योतिष तथा स्थानीय धामीको रुपमा लामो समय सम्म काम गर्दै आएका कठायतले पुस्तकले कर्णालीको सस्कृति बचाउन प्रयास गरिएको बताउनुभयो । उहाँले स्थानीय रहन सहन, देखी विभिन्न प्रकारका सस्कृतिहरु मनाउने क्रममा के कसरी गर्ने भन्ने बिष
यमा पछिल्लो पुस्तालाई सिकाउन प्रयास गरिएको समेत जानकारी दिनुभयो ।
पुस्तकले कर्णालीमा मनाउने मष्टो परम्परा देखी विभिन्न प्रकारका देवताहरुको बिषयमा पनि लेखिएको छ । आफ्नै हातबाट लेखिएको पुस्तक प्रकाशन गर्दा भने धेरैले प्रशंसा समेत गरेका छन् । पुस्तक बिमोचनमा कार्यक्रमका प्रमुख अतिथि रहेका बरिष्तम न्यायधिस बागचनले सस्कृति सम्वन्धीको विवाद न्यायका लागि पुस्तक प्रमाणको रुपमा रहेको बताउनु भयो । उहाँले कर्णालीको सस्कृति जोगाउने र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने पुस्तक ठूलो प्रमाण भएको भन्दै पुस्तक पढ्न अनिवार्य रहेको छ ।
उहाँले जुम्ला हामीले बोलिरहेको भाषाको उद्गम स्थल भएकाले यहाँको सस्कृतिको महत्व कहिल्यै नघटने उहाँको दावी रहेको छ । यसैगरी आधुनिक विकासमा जुम्ला स्याउ सिमी मार्सीधान देखी अर्गानिक अन्नको भण्डार रहेको बताउनुभयो ।
खस भाषाका जानकार रमानन्द आचार्यले मष्टो परम्परालाई समेत झल्कने गरि पुस्तकले समेटेको भन्दै कर्णालीको सस्कृतिको एक राम्रो प्रमाण भएको र थप सुधार गरेर जानुपर्ने बताउनुभयो । पुस्तकले मष्टो देवता अन्तरगतका बाह्रभाई मष्टो, मागल, देउडा, वालोनाच , विवाह नाचमा गाउँने गितहरु, धान रोप्ने समयमा गाउँने गितहरु समेत समेटिएको छ ।
बिमोचन गरिएको कर्णालीको संक्षिप्त ईतिहास नामक पुस्तकका लेखक पूर्ण सिहं बोहराले हाम्रा संस्कारहरु हराउदै गएको र अहिले पप गित देखी आधुनिक गितमा यूवास्ता डुबेको र पुरानो सस्कार सिकाउन प्रयास गरिएको समेत जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्