OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०७८सुर्खेत
७५५ पटक

१० जेठ २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्यमा सबैको सक्रियता आवश्यक भएको बताउनुभभएको छ ।

आन्तरिक मामिला मन्त्रालयद्वारा आज विषयगत क्षेत्रसँग सम्बन्धित सरोकारवावालाहरु बीच विपद् बन्दोबस्ती विषयगत क्षेत्रको ‘भूमिका र भावी योजना’का बारेमा भएको भर्चुअल बैठकमा मन्त्री नेपालीले उद्धार तथा राहतलाई व्यवस्थापन हुने गरी प्रतिकार्य योजना बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ भेरियन्टसहितको कोरोना महामारीलगायतका प्राकृतिक तथा अप्राकृतिक विपद्सँग जुध्ने बलियो योजनाले मात्र संभावित क्षतिलाई अपेक्षितरुपमा कम गर्न सकिन्छ । यतिबेला भने भ्याक्सिन, अक्सिजन प्लान्ट र बन्दोबस्तीमा विशेष जोड दिउँ ।”

उहाँले स्वास्थ्य सामग्री कोभिडका बिरामीहरुका लागि आवश्यक मनोपरामर्श, पोषण र रोजगारी सृजना गर्ने कार्यलाई प्राथमिकता दिएर विपद् प्रतिकार्यको योजना बनाउन सरोकारवाला निकायहरुलाई सुझाव दिनुभयो । कर्णालीमा बाढी पहिरो, आगलागी र चट्याङ्को विपद् बढी भएको जनाउँदै मन्त्री नेपालीले त्यसलाई रोक्न नयाँ प्रविधि र दक्ष जनशक्ति तयारका निम्ति संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।

उक्त भर्चुअल बैठकमा सामाजिक विकास, उद्योग, भौतिक पूर्वाधार तथा कृषि मन्त्रालयको सचिव, स्वास्थ्य सेवा निर्देशनालय, विकास साझेदार निकायहरु विश्व खाद्य संगठन, युनिसेफ, युएनडिपी, विश्व स्वास्थ्य संगठन, युनोप्स, आईआएम, मर्सिक्रप्स, सेभ द चिल्ड्रेन प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्