OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १०, २०७८
९३९ पटक

१० जेठ २०७८, सोमबार

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा   पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका  आठजना सङ्क्रमितको भने  उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए ।

फोकल  पर्सन  ओलीका  अनुसार  गत  एक महिनायता  रातभरि  र  अर्को  दिन  दिउँसोसम्म बाँकेका  कुनै  पनि  सङ्क्रमितको  मृत्यु  नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका  पाँचदेखि  १० जनासम्मको मृत्यु हुँदै आएको थियोध्र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा  मृत्यु भएको ओलीले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्