OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ ९, २०७८सुुर्खेत
८०६ पटक

९ जेठ २०७८, आईतबार

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा आज थप १० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कर्णालीमा आज मात्र १० जना संक्रमितको मृत्यु भएको हो । एक वर्षमा ३१ जनाको मृत्यु भएकोमा यो वर्ष बैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक÷एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

“कोरोना संक्रमणबाट सुर्खेत जिल्लाले सबै भन्दा बढी मानवीय क्षति भोगेको छ,” निर्देशक खड्काले भन्नुभयो, “आजसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुई÷दुई र अन्य चारजना व्यक्तिको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।” उहाँको अनुसार मृतकको संख्यामा कमि आउन सकेको छैन ।

कर्णालीमा आज ५१० व्यक्तिले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । आज दुई २९९ संक्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्