OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०७८काठमाडौं
२९० पटक

९ जेठ २०७८, आईतबार

यही जेठ ६ गते सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विजय हासिल गर्नुभएको डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट ‘व्याक’ हुन धेरैले थर्काएको खुलासा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा.देवकोटाले भन्नुभएको छः “मलाई थर्काउनेको नामसमेत आवश्यक परे सार्वजनिक गर्नेछु र कसै कसैको त आवाज रेकर्ड गरेर नै राखेको छ । थर्काएपनि तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ ।”

उहाँले थप्दै अगाडि भन्नुभएको छ, “लामो समयदेखि राजनीति गर्दै आएका केही नेताहरुले हामीहरु जस्ताबाट केही सिक्दा रामै्र होला । बोलेपछि, सहि गरेपछि वचनवद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाँजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुको लामो यात्रा बाँकी नै छ । निष्ठा र ईमान्दारितको राजनीतिबाट भागेर नहिडौंं ।”


हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका देवकोटाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउनुभएको थियो ।

एमाले भित्रको आन्तरिक विवादका कारण माधव पक्षबाट देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका दिनुभएको थियो । जसलाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले समर्थन गरेका थिए । उहाँले आफू बोली र इमानमा कटिबद्ध भएको बताउँदै राजनीतिक दलका नेताहरूले पनि कटिबद्ध हुनुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्