OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७८सुर्खेत
८६० पटक

 ८ जेठ २०७८, शनिबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा.प्रदीप न्यौपानेले कर्णालीका कोरोना संक्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिनुहुने भएको छ ।

आज नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डा.द्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका कोरोना संक्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो । कोरोना संक्रमणका कारण दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो ।
डा.केसी र न्यौपानेले कोरोना भाइरसको संक्रमण रहुन्जेल पत्रकारसहित परिवारको स्वास्थ्य अवस्था, उपचार र त्यसबाट बच्न अपनाउनुपर्ने उपया, आइसोलेशनमा रहँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिनेगरी सम्झौता भएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिनुभयो ।

“सम्झौता अनुसार संक्रमित पत्रकारसहित परिवारका सदस्यहरुले डा.केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याबारे राख्नेछन् । जसको समाधानका लागि फोनमार्फत र भौतिक भेटेर आवश्यक परामर्श सेवा डा.द्वयले दिनु हुनेछ,” अध्यक्ष देवकोटाले भन्नुभयो । डा.केसी र न्यौपानेले कोरोना महामारीको अवधिभर यहाँका संक्रमितहरुको उपचारमा विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्