OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १६, २०७६जुम्ला,
७५८ पटक

खलङ्गा । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोकसेवा योग्यता, निश्पक्षता र स्वतन्त्रताको आर्दश भएको संस्था भएको बताउनुभयो । लोकसेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि जुम्ला पुग्नु भएका मैनालीले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष मैनालीले जनताको सार्वजनिक पदको ढोका लोकसेवा भएकाले यस संस्थाको छवि बचाई राख्न आयोग कटिबद्ध रहेको समेत बताउनुभयो । उहाँले नेपाली सेना पछिको दोस्रो पुरानो सस्था भएको भन्दै अव लोक सेवाको जाँच र परीक्षणलाई फरक तरिकाले लिने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले अव लोकसेवाले पाठ्यक्रम पनि परिवर्तन गर्दै आएको भन्दै आधुनिक प्रविधिमा पनि जोड दिने बताउनुभयो । अव पेपर पेन्सिल र निवेदन लेख्दैमा योग्य नमानिने भन्दै हरेक ज्ञान, शिप र क्षमता हेर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
उहाँले विगत केही बर्षको नतिजाले कर्णाली र जुम्लाको लोकसेवा नोकरी गर्नेको तथ्यांक बढेको भन्दै सानो तहदेखी सहसचिव सम्म जुम्लाको जनशक्ति पुगेकाले खुशी व्यक्त गर्नुभयो ।
लोकसेवा क्षयीकरणबाट जोगिएको छ ः
सम्पुर्ण सस्थाहरु क्षेयीकरणमा गएको भन्ने आईरहेको सम्वन्धमा लोकसेवा जोगाउने काम भएको उहाँले थप्नुभयो । उहाँले स्वच्छ संस्थामा धमिला छिर्योभने राम्रो नहुने भन्दै यसमा आयोग सचेत रहेको जानकारी दिनुभएको छ । अध्यक्ष मैनालीले अदालत वाहेकका कुनै प्रकारका हस्तक्षेप लोकसेवा आयोगका लागि सैह नहुने भन्दै आफ्ना ३ आदर्शमा लाग्न सवैले लाग्नुपर्ने बताउनुभयो । उहाँले जुम्लाका कर्मचारीलाई निर्देशन दिदै आफ्नो पेशा सहित सृजनात्मक काममा लाग्न समेत अनुरोध गर्नुभयो ।
अर्को अर्थमा उहाँले संविधानले लोकसेवा समेटेको भन्दै प्रादेशिक स्तरमा संवैधानिक आयोग हुनुपर्ने बताउनुभयो । उहाँले संविधान बनाउने ताकामा लोकसेवा आयोगले सवै प्रकारका सार्वजनिक पदहरुका परीक्षा लोकसेवाले लिनुपर्ने सुझाव ग्रहण स्वागतयोग्य भएको थप्नुभयो । उहाँले आफु पदमा आएपछि हुम्ला र डोल्पाको परीक्षाको खर्च महंगो भएकाले जिल्लामै परीक्षा समेत शुरु गरिएको जानकारी समेत दिनुभयो ।
लोकसेवा आयोगका सचिव आनन्दराज ढकालले लोकसेवाको नयाँ भवनले कार्यसम्पादनमा सजिलो हुने भन्दै कर्णालीमा सुर्खेत र जुम्लामा स्थानीय लोकसेवा कार्यालय स्थापित भएको जानकारी गर्नुभयो । सचिव ढकालले अव आयोग लोकसेवा आयोगकको कर्मचारी मात्रै नभई सम्पूर्ण सार्वजनिक प्रशासनको संरक्षक भएको दावी गर्नुभयो ।
जुम्लामा उद्घाटन गरिएको नवनिर्मत भवनको लागत निर्माणको बिषयमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका नायव सुब्बा देवेश्वर गिरीले जानकारी गर्नुभएको छ । उहाँका अनुसार भुई तलाको खर्च बजेट रु ४७ लाख २५ हजार र र माथिल्लो तलाको खर्च लगानी रु १ करोड २२ लाख ७ हजार ६७४ रुपैया रहेको र निर्माणको जिम्मा भुईतलाको पुढका मष्टा सेवा प्रा.ली.का धुब्र्र सेजुवाल र माथिल्लो तलाको निर्माणको जिम्मा गाल्भा द क्याराभान जेभी काठमाडौं राष्टु कठायतले निर्माणको जिम्मा लिएको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्