OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७८काठमाडौं
१०३५ पटक

 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय साझेदार संस्था ‘सेभ द चिल्ड्रेन’ले कर्णाली प्रदेश सरकारलाई रु.४८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज ‘सेभ द चिल्ड्रेन’का कर्णाली प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले स्वास्थ्य सामग्री हस्तान्रतण गर्नुभएको हो । संस्थाले एक हजार ३०० थान पिपिई सेट, एक हजार ७५० थान भिटिएम, छ हजार थान सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारलाई सहयोग गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री शाहीले संकटको बेला सबैको सहयोगको खाँचो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महामारीका बेला कोभिड नियन्त्रण गर्न यस अघि पनि विभिन्न मनकारी सस्थाहरुले प्रदेश सरकारलाई सहयोग गर्दै आइरहेका छन् । विपद्सँग सामना गर्न र मानीय जीवन सुरक्षाका लागि सबैको साझा भूमिका आवश्यक छ ।”

कर्णालीका चार जिल्लामा कोरोनाको उच्च जोखिममा रहेको भन्दै ‘सेभ द चिल्ड्रेन’ले दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई सहयोग गरेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्