OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७८काठमाडौं
७८० पटक

कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रु.९८ करोड ३० लाख निकासा गरिएको बताएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव.०७७÷०७८ मा मन्त्रालय मातहतका सबै जन÷स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरुमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ रु.७३ करोड बजेट निकासा गरेको बताउनुभयो । त्यस्तै, अक्सिजनसहित कोभिड–१९ व्यवस्थापनका लागि रु.११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका निम्ति रु.१३ करोड ८० लाख गरी रु.९८ करोड ३० लाख बजेट निकासा गरिएको सचिव काप्रीले जनाउनुभयो ।

“त्यसअन्तरगत कोरोना रोकथाम तथा व्यवस्थापनका लागि कर्णाली प्रदेशका ३३ स्थानीय तह र सो अन्तरगतका रणनैतिक अस्पतालमा रु.१२ करोड १२ लाख २० हजार बजेट निकासा गरेका छौं” उहाँले भन्नभयो, “प्रदेशका सबै जिल्ला अस्पतलाहरुमा रु.४०÷४० लाखका दरले अक्सिजन मिनि प्लान्ट स्थापना तथा सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ ।”

त्यस्तै, कर्णाली प्रदेशको दुई तिहाई रिक्त स्वास्थ्य जनशक्तिमा हाल अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । सरकारले प्रदेशा सबै जिल्लामा आइसियु स्थापना र भेन्टिेलेटर सञ्चालनका लागि बजेट व्यवस्था एवं चिकित्सक तथा नर्सहरुलाई अत्यावश्यक सघन उपचार सम्बन्धी तािलम प्रदान गरिएको उहाँको भनाई छ ।

सचिव काप्रीका अनुसार कर्णालीका जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, जन÷स्वास्थ्य सेवा कार्यालयहरु र अस्पतालहरुलाई अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सन लगायतका सामग्रीहरु खरिद कार्यका लागि बजेट व्यवस्था गरिएको छ

त्यसैगरी, प्रदेशमा रही काम गर्न प्रोत्साहन गर्ने हेतुले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ १३५ प्रतिशतसम्म थप प्रोत्साहन रकम र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको लागि प्रदेश सरकारबाट ५०% थप जोखिम भत्ताको व्यवस्था गरेको छ ।

स्थानीय अस्पतालहरूलाई १५ देखि २५ बेड, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० बेड, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० बेड क्षमताको अस्पतालको रुपमा र प्रदेश अस्पताललाई ५०० बेड क्षमताको अस्पतालको रुपमा स्तरोन्नति गर्ने योजना साथ अघि बढेको प्रदेश सरकारले कोभिड–१९ का सिकिस्त बिरामीहरुलाई विकट भूगोलबाट हवाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र उपयुक्त स्थानमा उपचारका लागि व्यवस्था मिलाएको जनाईएको छ ।

सामाजिका विकास मन्त्रालयका अनुसार संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्ला (अस्पताल)हरुमा २५÷२५ बेड गरी १५० बेड एचडियु र खरिद प्रक्रियामा छ भने प्रदेश अस्पताल सुर्खेका लागि थप ५० बेड एचडियु स्थापनाको लागि बजेट सुनिश्चितता प्राप्त भएको छ ।

 

प्रतिकृया दिनुहोस्