OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७८काठमाडौं
१०४३ पटक

७ जेठ २०७८, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीमा दावी गर्ने बताउनुभएको छ । बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई समर्थन दिएर प्रतिनिधिसभा जोगाउने काम सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्न प्रयासमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रप्रतिलाई भरपर्दो आधार लागे म प्रधानमन्त्री बन्छु नै । आज समर्थन दिनुस्, म सरकार बनाएर चलाउँछु । घेराबन्दीबाट असफल बनाएर आरोप मेरो टाउको फाल्ने काम गर्ने ? दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुस् भनेको तर वैकल्पिक सरकार पनि नबनाउने ?”

आफूलाई पनि समर्थन नदिने र सरकार बनाउने स्पष्ट बहुमत नदिने हो भने प्रतिनिधिसभा विघटन गरेर चुनाव लियो भनेर आरोप लगाउन पाईदैन भन्दै उहाँले साँकेतिक चेतावनी दिनुभयो ।

उहाँले थप्नुभयो । २७१ सिटमा १२१ सिट छोडेर बाँकी अरुसँग छ नि त ? अनि हामीले मात्र जवाफदेही हुनुपर्ने र दोष लिनुपर्ने किन ? यसमा तपाईहरु मिलेर वैकल्पिक सरकार दिनुस् भनेको छु । खासमा मलाई पनि मलाई दिक्क लागिसक्यो । यसको परिवेशमा आफूलाई सरकारमा बस्न पनि मन नभएको उहाँको भनाई थियो ।

एमालेका १२१ सांसद र १६ जसपाका सांसदको हस्ताक्षर पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष पेश गर्नुभएको छ । केही समय अघि १४९ सांसदहरुको हस्ताक्षर लिएर काँग्रेस सभापति देउवा शीतल निवास पुग्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्